काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले झापा-५ मा रहेका सुकुमबासी, भूमिहीन तथा अव्यवस्थित बसोबासको समस्या १ हजार दिनभित्र समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
वाचापत्र सार्वजनिक गर्दै उनले रास्वपा नेतृत्वको सरकार गठन भएको १०० दिनभित्र अधिकारसम्पन्न आयोग गठन गर्ने र १००० दिनमा समस्या समाधान गर्ने लक्ष्य लिएको बताएका छन्।
उनले बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्न ल्यान्ड बैंक स्थापना, जग्गा चक्लाबन्दी तथा एकीकरण प्रवर्द्धन गर्ने योजना अघि सारेका छन्। साथै, ऐलानी जग्गाको उचित व्यवस्थापन र नक्सांकन अभिलेख नभएका जमिनहरूको नापी–नक्सा अभिलेखीकरण कार्य सम्पन्न गर्ने वाचा पनि गरेका छन्।


प्रकाशित मिति : २०८२ फाल्गुन ११ गते सोमवार





