मकवानपुरमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । मकवानपुर जिल्ला अन्तर्गत मनहरी गाउँपालिका–७ बिजौनास्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको हो ।
वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत पोलमा ठोक्किएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएका २२ जनालाई उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन १० गते आइतवार





