“पशुपतिमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने , युवक पक्राउ”

“पशुपतिमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने , युवक पक्राउ”


काठमाडौं — शिवरात्रीको अवसरमा पशुपतिमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने २५ वर्षीय युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुरको ठुल्दमार घर भई काठमाडौं महानगरपालिका–१३ चागल बस्ने रिजन श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार श्रेष्ठलाई घटनास्थलबाट नियन्त्रणमा लिइएको हो।
एसएसपी थापाका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ र आवश्यक कारबाही अघि बढाइनेछ।

प्रकाशित मिति : २०८२ फाल्गुन ६ गते बुधवार