फुट्यो उज्यालो नेपाल पनि, केही नेताहरू रास्वपामै रहने



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भंग भएपनि अहिले दुबै दलले आआफ्ना आकस्मिक बैठक बोलाइसकेका छन् । कुलमान आफू अध्यक्ष बन्ने तयारी गरिरहेका छन् । तर उज्यालोकै केही सदस्यहरू एकता कै पक्षमा उभिने संकेत गरेका छन् ।

‘पार्टी एकता भइसकेको छ । हामी एकताको पक्षमा छौँ अब उज्यालोमा फर्किदैनौँ’ एक केन्द्रीय सदस्यले भने, ‘हामी रास्वपामै रहन्छौं ।’ उज्यालो नेपालले ५१ सदस्यीय केन्द्रीय सदस्य निर्वाचन आयोगमा बुझाएको छ । स्रोतका अनुसार करिब २० जना एकताकै पक्षमा उभिएका छन् । अहिले उनीहरु आन्तरिक छलफलमा छन् ।

प्रकाशित मिति : २०८२ पुष २६ गते शनिवार