बलिउड अभिनेता संजय दत्तद्वारा क्यासिनो उद्घाटन सम्पन्न



काठमाडौं । बलिउड स्टार संजय दत्त आज नेपाल आएका थिए।
काठमाडौंको ठमेलस्थित होटल बाराहीमा आयोजित कार्यक्रममा उनले एक क्यासिनोको औपचारिक उद्घाटन सम्पन्न गरेका छन्।

उद्घाटन कार्यक्रम सम्पन्न भएपछि संजय दत्त आज नै काठमाडौंमा बस्ने र भोलि स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ। क्यासिनो उद्घाटन समारोहमा होटल व्यवस्थापन, व्यवसायिक क्षेत्रका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उनको उपस्थितिले कार्यक्रममा विशेष रौनक थपिएको सहभागीहरूले बताएका छन्। संजय दत्तको आगमनले क्यासिनो तथा पर्यटन व्यवसायप्रति थप आकर्षण बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ पुष २४ गते बिहिवार