घट्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेल र मट्टितेलमा ५ रुपैयाँको दरले मूल्य घटाइएको छ।

यस निर्णयअनुसार, हवाइ इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिक उडानका लागि हवाइ इन्धनको मूल्यमा ६ रुपैयाँको गिरावट आएको छ भने, अन्तर्राष्ट्रिय उडानका लागि हवाइ इन्धन प्रति किलोमिटर अमेरिकी डलर ४२ ले घटाइएको छ।

प्रकाशित मिति : २०८२ पुष १६ गते बुधवार