फिल्म ‘परान’को व्यापार १७ करोड नजिक, ‘जेरी अन टप’ले कमायाे १२ करोड



दीपक आचार्य निर्देशित फिल्म ‘परान’को व्यापार १७ करोड नजिक पुगेको छ । चलचित्र विकास बोर्डको बक्स अफिसको गत मंसिर २० गतेसम्मको रिपोर्ट अनुसार फिल्मले १६ करोड ९७ लाख ९३ हजार ३ सय ५४ रुपैयाँ कमाइ गरेको छ ।

त्यसैगरी सुयोग गुरुङ निर्देशित फिल्म ‘जेरी अन टप’ले १२ करोड २६ लाख ६ हजार २ सय ४० रुपैयाँ कमाएको छ उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २’ले ६ करोड २३ लाख ६९ हजार २ सय रुपैयाँ कमाएको छ ।

टंक बुढाथोकी निर्दशित फिल्म ‘मन विनाको धन’ले ३ करोड ७९ लाख २ हजार ८ सय ७९ रुपैयाँ कमाएको छ । एकता पौडेल निर्देशित ‘हर्ष’को व्यापार भने निकै कम छ । फिल्मले२८ लाख २ हजार ३ सय ४६ मात्र कमाएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते मङ्गलवार