काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारण सभा (एजीएम) सम्पन्न गरेको छ। सभामा बैंकले नैतिक बैंकिङ, सेवा उत्कृष्टता र दिगो वित्तीय वृद्धि प्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।
बैंकका अनुसार करिब दुई दशकअघि स्थापना भएको सिटिजन्स बैंकले पारदर्शी शासन, ग्राहकमैत्री सेवा, दक्ष वित्तीय व्यवस्थापन र सामाजिक उत्तरदायित्वमार्फत आफ्नो संस्थागत मजबुतीलाई झनै प्रभावकारी बनाइरहेको छ।
हाल बैंकले २०० शाखा, १६९ एटिएम, ३ विस्तार काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइ मार्फत देशभर सेवा दिँदै आएको छ। यस विस्तारित पहुँचले ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बैंकको दाबी छ।
एजीएममा बैंक प्रतिनिधिहरूले दिगो र जिम्मेवार बैंकिङ अभ्यासमार्फत ग्राहक तथा सरोकारवालाको विश्वास अझ सुदृढ गर्ने लक्ष्य बैंकले अघि बढाइरहेको जानकारी गराए
१९औँ वार्षिक साधारण सभा सम्पन्न भएपछि सिटिजन्स बैंक इन्टरनेशनलले सामाजिक उत्तरदायित्व, पारदर्शिता र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै दिगो बैंकिङ यात्रालाई निरन्तरता दिने जनाएको छ।





