हेटौंडा । बागमती प्रदेश सभाको रिक्त सभामुख पदका लागि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले दाबी गरेका छन्। जेनजी आन्दोलनको बीचमा भुवनकुमार पाठकले राजीनामा दिएपछि पद खाली भएको हो।
सरकारले दिपावलीअघि नै प्रदेश सभा सञ्चालन गर्ने तयारी गरेको छ। कांग्रेसले सरकारको नेतृत्वको आधारमा सभामुख आफ्नो हुने दाबी गरेको छ भने एमालेले उपसभामुख अप्सरा चापागाईंलाई नै सभामुख बनाउने प्रस्ताव अघि सारेको छ। प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले भने सदन सञ्चालनको जिम्मेवारी सरकार बाहिरको दललाई दिनुपर्ने तर्क गर्दै दाबी प्रस्तुत गरेको छ।
प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार





