रास्वपाका सबै सांसदले राजीनामा दिने



काठमाडौं । जेनजी आन्दोलनमाथि सोमबार सरकारले गरेको निर्मम दमनका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले सामूहिक राजीनामाको तयारी गरेका छन्।

रास्वपाको एक उच्च स्रोतले सिधाकुरालाई जानकारी दिँदै भनेको छ, “सांसदहरुले राजीनामाबारे छलफल गरिरहेका छन्, सामूहिक राजीनामाको तयारी भइरहेको छ।”

सरकारले जेनजी पुस्तामाथि गरेको कारबाहीलाई रास्वपाले “निर्मम मासहत्या”को संज्ञा दिँदै अब सरकारको वैधता सकिएको जनाएको छ। पार्टीले प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन आग्रह समेत गरेको छ।

सोमबार भएको घटनापछि देशभर सरकारविरुद्ध प्रदर्शन चर्किएको छ। रास्वपाले जेनजी आन्दोलनलाई आधिकारिक समर्थन जनाएको छ भने मंगलबार सिंहदरबारमा बोलाइएको विपक्षी दलको बैठक समेत बहिष्कार गरेको छ।

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार