काठमाडौँ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि ललितपुरको नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी पुस्ताले सोमबार गर्ने भनिएको प्रदर्शनलाई समर्थन जनाएका छन्।
कारागारबाटै सन्देश पठाउँदै उनले शासकहरूले जनतालाई विधि र विवेकको शासन नदिएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धप्रति आक्रोश व्यक्त गर्दै लामिछानेले जनताको विवेक र आवेगसँग देशको इतिहास बदल्ने शक्ति रहेको बताएका छन्।
उनले प्रदर्शनमा घुसपैठ र उत्तेजना हुनसक्ने भन्दै सहभागीहरूलाई सचेत रहन आग्रह गरेका छन्। साथै नख्खु कारागारको कालकोठरीबाटै शुभेक्षा, सद्भाव र ऐक्यबद्धता प्रकट गरेका छन्।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार





