बधाई थाप्न मुख्यमन्त्री बानियाँ सिंहदरबारमा



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ बिहीबार सिंहदरबारस्थित सहरी विकास मन्त्रालय पुगेर उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहको बधाई थापेका छन्।

सिंहको सचिवालयका अनुसार, उपप्रधानमन्त्री सिंहले मुख्यमन्त्री बानियाँलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन्। साथै उनले बागमती प्रदेशका प्रमुख शहरी पूर्वाधार निर्माण, स्मार्ट सिटी परियोजना, अव्यवस्थित बसोबासको पुनः व्यवस्थितीकरण र वातावरणमैत्री विकासका कार्यक्रमबारे संघ र प्रदेश सरकारबीच सहकार्य हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ साउन ३० गते बिहिवार