काठमाडौं । बागमती प्रदेशका नेपाली कांग्रेसका असन्तुष्ट १४ प्रदेशसभा सदस्य शनिबार दिउँसो काठमाडौंमा भेला हुँदैछन्। बहादुर सिंह लामाको मुख्यमन्त्री पदत्यागपछि बानियाँ नेतृत्वको सरकारले सहमति लत्याएको भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।
अर्थमन्त्री कुन्दनराज काफ्लेसहितको समूहले लामाले मन्त्री बनाएका गोबिन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई नयाँ मन्त्रिपरिषद्मा समावेश गर्न माग गर्दै आएको छ। माग पूरा नभए सोमबारको विश्वासको मतमा असहयोग र सामूहिक राजीनामासम्म जाने चेतावनी असन्तुष्ट पक्षले दिएको छ।
प्रकाशित मिति : २०८२ साउन २५ गते शनिवार





