हेटौंडा, साउन २० । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार दिउँसो पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।
बानियाँ बागमती प्रदेशका छैठौं मुख्यमन्त्री हुन्। उनले सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनसहित मुख्यमन्त्री बन्ने दाबी पेश गरेका थिए। सोही आधारमा प्रदेश प्रमुख देवकोटाले आज उनलाई नियुक्त गरेका हुन्।
मुख्यमन्त्री बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापति तथा मकवानपुर निवासी हुन्। ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका ۳७ र एमालेका २७ गरी उनलाई कुल ६४ सांसदको समर्थन प्राप्त छ।
उनअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशका मुख्यमन्त्री भइसकेका छन्।
नयाँ गठबन्धनसहित बनेको बानियाँ नेतृत्वको सरकारले चाँडै पूर्णता पाउने अपेक्षा गरिएको छ।
Ask ChatGPT





