कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनको मतगणना सुरु



काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन गर्नका लागि बुधबार सम्पन्न मतदानको मतगणना सुरु भएको छ। मतदान सम्पन्न भएपछि प्रक्रिया पूरा गरी दलको कार्यालयमै मतगणना थालिएको हो।

यो निर्वाचन मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भई पद रिक्त भएपछि गरिएको हो। सोही रिक्त पदमा पुनः लामा स्वयं र सांसद इन्द्र बानियाँबीच प्रतिस्पर्धा भएको छ। कुल ३७ सांसद रहेका दलमा शतप्रतिशत अर्थात सबै सांसदले मतदानमा भाग लिएका छन्।

प्रकाशित मिति : २०८२ साउन १५ गते बुधवार