बागमती प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै



काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक गर्दैछ। आइतबार दिउँसो बस्ने प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

जसका लागि आइतबार दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक आव्हान गरिएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा करिब डेढ दुई अर्ब बजेटको आकार बढाउने अनुमान गरिएको छ।

चालु आर्थिक वर्षका लागि बागमती सरकारले ६४ अर्ब ५४ करोड रुपैँया बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षको बजेट करिब ६६ अर्बको हाराहारीमा रहने प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको स्रोतले जनाएको छ।

प्रकाशित मिति : २०८२ असार १ गते आइतवार