बागमती अनलाइनकाे समाचार प्रभाव : किसानको बारीमै पुगे पालिका अध्यक्ष सहितको टाेली !



ललितपुर | केही दिन अघि बागमती अनलाइनमा बागमती गाउँपालिका वडा नम्बर ४ प्युटारमा फाैजी किराकाे प्रकाेपकाे विषयमा समाचार प्रकाशित भएपछि बागमती गाउँपालिकाका प्रमुख वीर बहादुर लाेप्चन सहितको टाेली किसानको बारीमा नै पुगेका छन । फाैजि किराले मकै बारि सखाप बनाएपछि चिन्तित किसानलाई आवश्यक औषधी र स्प्रेयर लिएर पालिका अध्यक्ष लाेप्चन, पालिकाका कृषि अधिकृत सुवास खनाल र वडा नम्बर ४ का वडाध्यक्ष नारायण बहादुर घले किसानको बारीमै पुगेका हुन । पालिकाकाे टाेलिले किसानलाई सल्लाह सुझाव सँगै आवश्यक सामग्री हस्तान्तरण गरेका छन । टाेलि आफ्नो बारीमै आइपुगे पछि किसान सन्तोष लाेप्चनले खुसि हुँदै समाचारको प्रभावले आफ्नो समस्या समाधान हुनेमा आशावादी रहेको बताए । यस्तै पालिका अध्यक्ष वीर बहादुर लाेप्चनले किसानकाे समस्या स्थलगत रुपमै बुझेर आवश्यक परामर्श दिएको बताउँदै आगामी दिनमा समेत किसानलाई सहयोग गर्न पालिका तयार रहेको प्रष्ट पारे ।

यस्तै पालिकाका कृषि अधिकृत सुवास खनालले किसानलाई फाैजि किराकाे प्रकाेप र यसबाट बच्ने उपायको बारेमा जानकारी दिँदै औषधी प्रदान गरिएको बताए । पालिकाले खेतीयोग्य जमिनको माटाे परिक्षण गरेर आवश्यक परामर्श समेत दिँदै आएको छ ।

यस्तो छ उनले सामाजिक सञ्जालमा राखेको स्टाटस :

यसअघि प्रकाशित समाचार
बागमतीका किसानकाे चिन्ता : फाैजि किराले मकै बाली सखाप बनायो !

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार