कुमारी सेभिङ एण्ड क्रेडिटको २१औँ र २२औँ संयुक्त वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन



काठमाडौं ।
कुमारी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड (KUSCCOOP) को २१औँ तथा २२औँ संयुक्त वार्षिक साधारणसभा राजधानी काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। चाबहिलस्थित कुमारी चोक, मित्थराघाटमा रहेको संस्थाको कार्यालय परिसरमा आयोजित साधारणसभा नयाँ नेतृत्व चयन गर्दै औपचारिक रूपमा समापन भएको हो।

साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ का वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा समग्र वित्तीय विवरणहरू सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। कार्यक्रममा संस्थाको हालसम्मको संस्थागत प्रगति, सेवा प्रवाहको अवस्था, सदस्यमैत्री कार्यक्रम तथा भावी कार्यदिशाबारे व्यापक छलफल गरिएको थियो।

नयाँ नेतृत्व चयन

संयुक्त वार्षिक साधारणसभाबाट कुमारी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभको नयाँ सञ्चालक समिति चयन गरिएको छ। चयनित पदाधिकारीहरू यस प्रकार रहेका छन्—
अध्यक्षमा राज दाहाल, सचिवमा गंगा दुलाल, कोषाध्यक्षमा सरला ढकाल तथा लेखा चौक्तामा चोक्त प्रसाद भट्टराई चयन हुनुभएको छ।

भावी कार्ययोजना

नव–निर्वाचित अध्यक्ष राज दाहालले सदस्यहरूको विश्वास र सहभागितालाई संस्थाको मूल आधारका रूपमा लिँदै पारदर्शी वित्तीय प्रणाली, प्रविधिमैत्री सेवा विस्तार तथा सदस्य केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सहकारीका मूल्य, मान्यता र सुशासनलाई अझ मजबुत बनाउँदै संस्थालाई दीगो र विश्वसनीय बनाइने बताउनुभयो।

प्रकाशित मिति : २०८२ माघ २६ गते आइतवार