बागमती प्रदेशको नीति तथा कार्यक्रम १४ जेठमा आउने



बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम १४ जेठमा आउने भएको छ । आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम सो दिन दिउँसो १ बजे प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रस्तुत गर्ने प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

सभामुख पाठकले सम्पूर्ण प्रदेश सभाका सदस्यहरूलाई औपचारिक पोसाकमा उपस्थित हुन रुलिङसमेत गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डका रूपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याइने बताए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते शुक्रवार