बागमती प्रदेशको बजेट अधिवेशन ५ जेठदेखि



हेटाैंडा । बागमती प्रदेश सभाकाे साेह्राैं अधिवेशन सरकारले आगामी ५ जेठबाट सञ्चालन गर्ने तयारी भएकाे छ ।

हेटाैंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले साेह्राैं अर्थात बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ बैशाख २३ गते मङ्गलवार