वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्किंदैन : जनार्दन शर्मा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद जनार्दन शर्माले राजतन्त्र नआउने र आउन नदिइने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले दरबार हत्याकाण्डबाटै गणतन्त्रको प्रारम्भ भएको बताए ।

“०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो । त्यस दिनबाट राजतन्त्रको अन्त्य भएर गणतन्त्रको प्रारम्भ भएको हो,” उनले भने ।

उनले वंशनासँगै समाप्त भएको राजतन्त्र फेरि नफर्कने बताए । “वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्किंदैन । सार्वभौम भएको जनता फेरि राजतन्त्र ल्याउने मूर्खता पनि गर्दैन भन्ने स्पष्ट गर्न चाहन्छु,” उनले भने ।

शर्माले राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी नभएको बताए । बरु, समाजमा रहेको, आफैँभित्र रहेको राजतन्त्रीय प्रवृत्ति र व्यहारको अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

“आफैँभित्रको रातन्त्रको अन्त्य गर्न लाग्नुपर्छ । आजको मुख्य काम यही हो,” उनले भने ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार