बागमती प्रदेश सभाः हिउँदे अधिवेशनको सुरुवातमै आरोप-प्रत्यारोप



मकवानपुर । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । ४ महिनापछि बसेको प्रदेश सभा बैठकमा सत्तापक्ष र प्रतिपक्षबिच आरोप–प्रत्यारोप चलेको थियो ।

प्रदेश सभाको बर्खे अधिवेशनपछिको काम–कारबाहीका विषयमा विपक्षी दलहरूले बैठकमा प्रश्न गरेका थिए । उनीहरूले सरकारले सही ढंगबाट काम गर्न नसकेको र नागरिकका आवश्यकता तथा मागलाई सम्बोधन गर्न नसकेको आरोप लगाए ।

सत्ताधारी दलहरूले प्रदेश सरकारले विकास र समृद्धिको मुद्दालाई सशक्त रूपमा अघि बढाएको तर्क गरेका थिए । उनीहरूले सरकारले विकास र सेवा प्रवाहमा प्रभावकारी ढंगबाट काम गरेको जिकिर गरे ।

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार