आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश



काठमाडौं । आफूलाई अभियन्ता दाबी गर्ने आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, भक्तपुरले उनलाई धरौटीमा छाड्न आदेश दिएको भक्तपुर प्रहरीका डीएसपी ढुण्डिराज नेउपानले बताए ।

न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासमा तामाङविरुद्ध आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी मुद्दामा आजै थुनछेक बयान र बहस भएको थियो ।

उनीविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो ।

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार