पत्रकार गजेन्द्र बुढाथोकीको ‘जंगबहादुर इन इङ्ल्याण्ड’ पुस्तक सार्वजनिक



काठमाडौं । आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको ‘जंगबहादुर इन इङ्ल्याण्ड’ नामक पुस्तक सार्वजनिक भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा बुढाथोकीका पिता बक्तबहादुर, इतिहासका प्राध्यापक त्रिरत्न मानन्धर, पत्रकार कुन्दमणि दिक्षित, लेखक यादव देवकोटाले पुस्तक सार्वजनिक गरे ।

आर्थिक इतिहासको विषयमा अध्ययन गर्ने क्रममा जंगबहादुरवारे रोचक विवरण फेला परेको र त्यसक्रममा अघि बढेको थप अध्ययनले पुस्तकको आकार लिएको लेखक बुढाथोकीले बताए ।

प्रधानमन्त्री जंगबहादुर राणाको बेलायत भ्रमणको पाटोलाई समेटेर बुढाथोकीले पुस्तक तयार गरेका हुन् ।

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार