काठमाडौं । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा विहिबार एक दिवसीय ‘चीन चलचित्र दिवसको आयोजना गरिएको छ । पूर्वअर्थमन्त्री वर्षमान पुन प्रमुख अतिथि रहेको समारोहमा अभिनेता तथा निर्देशक नीर शाह, सुनिल थापा, केदार घिमिरेसहित नेपाली फिल्म र साहित्य क्षेत्रका व्यक्ति सहभागि थिए ।

कार्यक्रममा सहभागि हुन आएको चाइना फिल्म एडमिस्ट्रिेसनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङसहित १४ सदस्यीय फिल्मकर्मीको टोली पनि सहभागि थियो । क्यूएफएक्सको छाया सेन्टरमा आयोजित कार्यक्रममा ३ चिनियाँ फिल्म, यीहुई साओ निर्देशित ‘हर स्टोरी’ युडी झाङ निर्देशित ‘मिडसमर्स भ्वाइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’ प्रदर्शन गरिएको छ । चाइना फिल्म एडमिनिस्ट्रेसन, चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले कार्यक्रम आयोजना गरेका हुन ।
प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार





