ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थानीय स्राेत र साधनमा आधारित उद्यमशीलता मार्फत राेजगारी वृद्धि गर्न चाहेकाे बताएका छन् । उद्यमी घरमा आजदेखि १० दिनसम्म हुने देशैभरीका नेपाली उद्यम उत्पादनकाे बृहत प्रदर्शनी तथा व्यापार मेला २०८१ काे उद्घाटन समारोहमा मन्तव्य राख्दै मन्त्री भण्डारीले नेपाली माटाे, मन, मस्तिष्क, उत्पादनमा समृद्धिकाे ठूलाे सम्भावना रहेको बताएका हुन् ।
“नेपालकाे उत्पादन राष्ट्रिय अभियानका साथ कार्यान्वयनमा लैजानुपर्छ, यसलाई संघीय सरकारबाट कार्यान्वयन गर्दै प्रदेश र स्थानीय तहमा लागू गर्छाैं, सरकारकाे पाेर्टल बनाएर सार्वजनिक खरिद कार्यालयले मुल्य निर्धारण गरेर व्यवस्थापन गर्ने तयारी भैरहेकाे छ।” मन्त्री भण्डारीले भने । उनले सार्वजनिक निकायमा स्वदेशी बस्तु प्रयाेग सम्बन्धि कार्यविधि २०८१ पारित भइ राजपत्रमा प्रकाशनकाे तयारीमा रहेकाे बताउँदै राजपत्रमा प्रकाशन लगत्तै कार्यान्वयनमा आउने जानकारी गराए ।

“मेक इन नेपाल र मेड इन नेपाल सरकारकाे प्राथमिकतामा छ, चैत महिनामा वितरण हुने पाेसाक भत्ताबाट नेपाली उत्पादनकाे उपयाेग हुने नीति लिएको छ। स्टार्टअप नीति गत बर्षदेखि लागू भएको छ, यस वर्ष नवीन साेचमा आधारित रहेर पेश गरिएको अवधारणालाई एक अर्व न्युनतम व्याजदरमा लगानी गर्ने तयारी अन्तिम चरणमा छ, गाउँगाउँ बस्तीबस्तीमा नवप्रवर्तनशील अवधारणा र याेजनालाई लगानी गर्ने वातावरण तयार गर्छाैं ।” मन्त्री भण्डारीले भने ।
उनले स्वदेशी बस्तु प्रयाेग सम्बन्धि कार्यविधि लागू हुँदा धेरै क्षेत्रमा राेजगारी सृजना गर्दै आयात प्रतिस्थापन गर्न सकिने बताए ।
“स्वदेशी बस्तु प्रयाेग सम्बन्धि कार्यविधि लागू हुँदा नेपाली उत्पादनकाे महत्त्व, यसकाे सान्दर्भिकता उजागर हुनेछ, नविनता, चिन्तन र साेचलाई सरकारले सम्बाेधन गर्ने छ, बैकमा पैसा थुपारेर वस्ने कामकाे अन्त्य गर्नेछ, नीतिलाई केन्द्रमा राखेर संसदमा विचाराधीन रहेका थुप्रै कानुनहरुलाई पारित गराउनेछाैं, नीति सुधारका कामलाई समाधान गर्नेछौं।” उनले भने ।
मन्त्री भण्डारीले उद्यमी घरमा दश दिनसम्म चल्ने मेलाले मेराे देश मेराे उत्पादनकाे सान्दर्भिकतालाई टेवा पुर्याउने विस्वास व्यक्त गरे । उनले मेलाबाट उत्पादनकाे बजारीकरण भई आर्थिक लाभ हासिल हुनुका साथै राेजगारीकाे सृजना हुने र घरेलुु तथा साना उद्योगकाे प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।
बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले उद्यमी घरकाे याे प्रयत्न साना तथा घरेलुु उद्योगका लागि महत्त्वपूर्ण भएको बताइन् । उनले यस्ता मेलालाई देश व्यापी रुपमा विकास र विस्तर गर्नुपर्नेमा जाेड दिइन् । साना तथा घरेलुु उद्यमलाई निरन्तरता दिनका साथै गुणस्तरीय उत्पादन गरि बजारसम्म ल्याउनका लागि भएका चुनाैतीहरुलाई समाधान गरिनुपर्नेमा उनकाे जाेड थियो ।
“हस्तकलाका अव्वल जिल्ला ललितपुरका सबै क्षेत्रमा ससाना हस्तकलाका उद्यमहरु भैरहेको छ, देशकाे माैलिक उत्पादनलाई प्राेत्साहन गर्न प्रदेशसभामा जाेडदार रुपमा कुरा उठिरहेको छ, याे खालकाे उद्यमलाई देशभर विकास र विस्तार गरि देशले चाहेकाे आर्थिक समृद्धि हासिल गर्न लाग्नुपर्ने छ।” उनले भनिन्।
नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले ३५ ओैं कला नगरीमा भएको साना तथा घरेलुु उत्पादनकाे याे मेला ठूलाे काम भएको बताए । उनले स्वदेशी उत्पादन प्राेत्साहन गर्न मन्त्रालयले बनाएको निर्देशिकाले आर्थिक समृद्धि हासिलका लागि उल्लेख्य काम गर्ने विश्वास व्यक्त गरे ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले एकै ठाउँमा नेपालभरका उत्पादन स्वदेशी तथा विदेशी ग्राहकलाई उपलब्ध गराउने काम गरेकोमा उद्यमी घरलाई आभार व्यक्त गरे ।
“उद्यमी घरले नेपालमा नै राेजगारीकाे अवसर सृजनामा महत्त्वपूर्ण काम गरेको छ, २०६७ मा नै स्वदेशी बस्तु उपयाेग तथा खरिद नीति आए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको थियोे, अहिले मन्त्रालयले स्वदेशी उत्पादनकाे प्रयाेग गरेर हाैसला बढाउने काम गरेको छ।” उनले भने ।
ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले घरेलु उद्यमबाट उत्पादित सामानहरु संकलन गरेर सहज रुपमा निर्यात गर्न र नेपालभित्र उपयाेगकाे अवसर सृजना गरेर राम्रो काम गरेको बताए । उनले याे मेलाले ठाेस काम गर्न सकाेस् भन्दै निर्यातलाई टेवा पुर्याउँदै विदेशी मुद्रा आर्जनमा अझै सफलता मिलाेस् भन्ने शुभकामना व्यक्त गरे ।
उद्यमी घरका सञ्चालक दिपक कार्कीले नेपाली कला संस्कृतिकाे प्रवर्द्धनका साथै देशैभरका उद्यमीहरुकाे उत्पादनलाई प्रवर्द्धन गरी राेजगारीकाे अवसर सृजना गर्ने काम गर्दै आएकाे जानकारी गराए । उनले उद्यमी घरमा ६ वटै तल्लामा नेपाली परम्परागत तथा घरेलुु उत्पादनलाई समेटिएको बताउँदै स्थानीय स्तरमा उपयाेगमा आउन नसकेका धेरै सम्भावना भएका स्राेत साधनलाई उपयाेग गरि आर्थिक समृद्धिका लागि सृजनशील काम गरेको बताए।
उनले घरेलुु तथा साना उद्योगका छाता संघसंस्थाहरुलाई नीतिगत विषयमा आवाज उठाउन आग्रह गरे । उद्यमी घरमा आजबाट सुरु भएको मेला पुस २२ गतेसम्म सञ्चालन हुने उद्यमी घरका सञ्चालक शाेभा घिमिरेले जानकारी गराइन्।
ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थानीय स्राेत र साधनमा आधारित उद्यमशीलता मार्फत राेजगारी वृद्धि गर्न चाहेकाे बताएका छन् ।
उद्यमी घरमा आजदेखि १० दिनसम्म हुने देशैभरीका नेपाली उद्यम उत्पादनकाे बृहत प्रदर्शनी तथा व्यापार मेला २०८१ काे उद्घाटन समारोहमा मन्तव्य राख्दै मन्त्री भण्डारीले नेपाली माटाे, मन, मस्तिष्क, उत्पादनमा समृद्धिकाे ठूलाे सम्भावना रहेको बताएका हुन् ।
“नेपालकाे उत्पादन राष्ट्रिय अभियानका साथ कार्यान्वयनमा लैजानुपर्छ, यसलाई संघीय सरकारबाट कार्यान्वयन गर्दै प्रदेश र स्थानीय तहमा लागू गर्छाैं, सरकारकाे पाेर्टल बनाएर सार्वजनिक खरिद कार्यालयले मुल्य निर्धारण गरेर व्यवस्थापन गर्ने तयारी भैरहेकाे छ।” मन्त्री भण्डारीले भने ।
उनले सार्वजनिक निकायमा स्वदेशी बस्तु प्रयाेग सम्बन्धि कार्यविधि २०८१ पारित भइ राजपत्रमा प्रकाशनकाे तयारीमा रहेकाे बताउँदै राजपत्रमा प्रकाशन लगत्तै कार्यान्वयनमा आउने जानकारी गराए ।