जीबी राईसहित १९ विरुद्ध दोस्रो मुद्दा दर्ता, रवि विरुद्ध आइतबार मात्र



जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा दुई चरणमा अभियोग पत्र दर्ता गर्ने भएको छ। सरकारी वकिलको कार्यालय शुक्रवार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जीवी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ भने बाँकी प्रतिवादी विरुद्ध आइतबार मुद्दा गराउने तयारी गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीका अनुसार हदम्याद नभएकाले केही प्रतिवादीविरुद्ध आज पूरक अभियोग पत्र दर्ता भएको र बाँकीको हकमा आइतबारसम्म म्याद भएकाले दर्ता हुने बताएको छ।

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार