हिरासतमै पुगेर माओवादी नेता जनार्दन शर्माले भेटे रवि लामिछाने



कास्की । सहकारी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भेटेका छन् ।

आइतबार बिहान कास्की प्रहरी कार्यालय पुगेर लामिछानेसँग शर्माले करिब २० मिनेट भेट गरेको कास्की प्रहरीले स्रोतले जनाएको छ । उनी बिहान ९ बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेका थिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर २३ गते आइतवार