काठमाडौ। राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूलाई अन्तिम एकपटक उत्तीर्ण गर्ने अवसर प्रदान गरेको छ। बोर्डले रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ को लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एक पटकका लागि ग्रेडप्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको हो ।
परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र (मिति २०८१ साल मंसिर २७ गतेभित्र सम्बन्धित विद्यालयमार्फत राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्नु सुचित गरेको छ।
त्यसका सम्बन्धित विद्यालय/क्याम्पसहरूले आफ्ना विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर डिजिटल भुक्तानी गरेको अवस्थामा सोको प्रमाण एवं अनलाईन इन्ट्रीको प्रिन्ट कपीसहित २०८१ साल पुस २ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउनु पर्नेछ।
परीक्षा फारम भर्नका लागि एक हजार रुपैयाँ परीक्षा आवेदन शुल्क तोकिएको छ । प्रयोगात्मक विषय मात्र बाँकी रहेका परीक्षार्थीहरूले समेत तोकिएकै समयभित्र प्रति खण्ड एक हजार रुपैयाँ तिरेर फाराम भर्न सकिने बोर्डले जनाएको छ ।
विद्यालयले परीक्षार्थीहरुको परीक्षा आवेदन फाराम पठाउँदा रजिष्ट्रेशन गरेको वर्ष एवं रजिष्ट्रेशन नम्बरको आधारमा क्रमाङ मिलाई पठाउनु पर्नेछ। अतिरिक्त विषयमा परीक्षा दिन चाहने परीक्षार्थिहरूले कक्षा ११ र १२ मा बढीमा १००/१०० पूर्णाइक गरी फूल २०० पूणर्णाइक समेत परीक्षा आवदेन फाराम भने पाउने व्यवस्था गरिएको छ।
अतिरिक्त विषयमा परीक्षा दिन चाहने परीक्षार्थीहरूले सक्कल माइग्रेशन कुनै शैक्षिक संस्थामा सक्कल माइग्रेशन बुझाएको भए सो संस्थाको सिफारिस पत्र। अनिवार्य रूपमा संलग्न गर्नु पर्नेछ। परीक्षा आवेदन फाराम भर्ने परीक्षार्थीहरूले पुरानो पाठ्यक्रमअनुसार परीक्षामा सहभागी हुनुपर्नेछ।
त्यस्तै एउटै नाम भएका विषयको पूर्णाङ्ग फरक परेको अवस्थामा आफूले जति पूर्णाकको अध्ययन गरेकी ही सोही पूर्णाङ्क बमोजिम परीक्षा दिनु पर्नेछ। जस्तै Environment Education, Introduction to Education, Education Pedagogy, Mass communication आदि। परीक्षा केन्द्र तथा परीक्षाको समयतालिका आवेदन फारामको सङ्ख्याअनुसार पछि तय गरी प्रकाशित गरिनेछ बोर्डले जानकारी दिएको छ।
प्रयोगात्मक र सैद्धान्तिक दुवै विषयमा परीक्षा दिनुपर्ने परीक्षार्थीले परीक्षा आवेदन फाराममा दुबै सैद्धान्तिक र प्रयोगात्मकः विषयको कोड उल्लेख गर्नु पर्नेछ । त्यसैगरी खारेज भएका वा हाल सञ्चालनमा नआएका विद्यालयमा अध्ययन गरेका परीक्षार्थीहरूले समेत राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयहरूमा सोझै सम्पर्क राखी आवेदन फाराम बुझाउनु पर्नेछ ।
परीक्षार्थीको विवरणलाई विद्यालयले अनलाईन (Online) मार्फत प्रविष्टी (Entry) गर्ने व्यवस्था मिलाउनु पर्नेछ। अनलाईन (Online) मार्फत प्रविष्टी (Entry) गर्नका लागि बोर्डको अनलाईन प्रविष्टी (Online Entry) सँग सम्बन्धित https://exam.neb.gov.np पोर्टल अथवा बोर्डको वेबसाईट www.neb.gov.np मा गई Online Exam Form (Class 12) मा Click गरे पश्चात् प्राप्त विवरण अनुरुप समेत Entry गर्न सकिनेछ।
साथै परीक्षा आवेदन फारामको अनलाईन (Online) ईन्ट्री मिति २०८१ मंसिर १ गतेदेखि ऐ मसान्तसम्म खुला गरिने हुँदा सोही अनुसार समयमै आवेदन फारामको अनलाईन प्रविष्टी (Online Entry गर्नुहुन सम्पूर्ण विद्यालयहरूलाई अनुरोध गरेको छ।






