काठमाडौँ । ललितपुरस्थित च्यासलको पुलमा अड्किएको ग्यास बुलेट निकाल्न समस्या देखिएको छ । हनुमन्ते खोलाले बगाएर ल्याएको बुलेट अड्किएको र ग्यास चुहिरहेको खबर पाएपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको ललितपुरका एसएसपी शेखर खनालले बताए ।
बुलेटमा भएको ग्यास लिक भइरहेको छ । घटनास्थलमा प्रहरी प्रभाग कोटेश्वरबाट पनि प्रहरी परिचालन गरिएको छ । एसएसपी खनालले भने, ‘बुलेटबाट ग्यास चुहिएको हुनाले जोखिम बढेको छ ।’
प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार





