बागमतीका डीआईजी र एसएसपी अवकाश, एसपी रेग्मीलाई प्रदेश प्रहरीको कमान्ड



हेटौँडा । बागमती प्रदेशका डीआईजी र एसएसपी एकैपटक अवकाशमा गएका छन् । ३० वर्षे सेवा अवधि पुरा गरी डीआईजी विष्णुकुमार केसी र वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रवि पौडेल अवकाशमा गएका छन् । ३० वर्षे सेवा अवधि पुरा गरी उनीहरू अनिवार्य अवकाशमा गएका हुन् ।

शनिवार रातिबाट ३० वर्षे सेवा अवधि पुरा गरी अनिवार्य अवकाशमा गएका उनको आइतबार बिदाइ गरिएको छ । बिदाइ कार्यक्रममा एसएसपी पौडेल उपस्थित भएनन् । पारिवारिक समस्याका कारण उनी बिदाइ कार्यक्रममा उपस्थित हुन नसकेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

डीआईजी केसी र एसएसपी पौडेलले प्रहरी सेवा प्रवेश असईबाट थालेका थिए । उनीहरूको अवकाशसँगै बागमती प्रदेश प्रहरीको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) दुर्गा रेग्मीले सम्हालेका छन् ।

उनीहरूसँगै ३० वर्षे सेवा अवधिविरुद्ध उनीसहित ९० प्रहरी अधिकृतहरू अनिवार्य अवकाशमा गएका छन् ।

प्रकाशित मिति : २०८१ भाद्र १७ गते सोमवार