प्रधानमन्त्रीको विरोध गर्दा चार दिन हिरासत



गएको सोमबार (भदौ १० गते) टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी गरेपछि पक्राउ परेका तीन युवालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले धरौटीमा छाडेको छ।

सार्वजनिक शान्तिविरूद्धको कसुर गरेको भन्दै पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार प्रत्येकलाई ९/९ हजार धरौटीमा छाडेको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगेलले जानकारी दिए।

टुँडिखेलमा भएको गौरा पर्वको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी गरेपछि मंगलबार सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई र बुधबार दीपकसिं‌ह ठगुन्नालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो।

प्रकाशित मिति : २०८१ भाद्र १५ गते शनिवार