काठमाडौं । विद्या चापागाईंको युट्यूब सिरज ‘हेर्ने कथा’ को सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका काले मोक्तान भन्ने प्रकाश तामाङले केही दिनमा नै नागरिकता पाउनु हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गृहसचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताका लागि सहजिकरण गर्न निर्देशन दिइसकेको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । राति १० बजे गृहसचिव एकनारायण अर्याललाई बोलाएर दुई चार दिन भित्रमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउन भनिसकेको छु ।’
नागरिकता भए प्रकाशको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरुले सहयोग गर्न मिल्ने भएकाले पनि यो आवश्यकता पूरा गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार





