
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई राप्रपाले विश्वासको मत नदिने भएको छ । ६ साउनमा विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री जम्कट्टेललाई राप्रपाले विश्वासको मत नदिने निर्णय गरेको हो ।
बिहीबार काठमाडौँको धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालयमा बसेको राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको हो । राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनले ६ साउनमा प्रदेश सभा बैठक डाकेको उल्लेख गर्दै राप्रपाको संसदीय दलको बैठकले उनलाई विश्वासको मत नदिने निर्णय गरेको बताए ।
प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार