करण परियार बने नेपाल आइडल सिजन-५ को विजेता



काठमाडौँ । नव प्रतिभा करण परियार नेपाल आइडल बन्न सफल भएका छन् l नेपाल आइडल सिजन-५ को शनिबार सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन् ।

ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् । करणले ट्रफीसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

फर्स्ट रनरअप सलोमी र सेकेन्ड रनरअप सचिन भए । फर्स्ट रनरअप सलोमीले ट्रफी र १० लाख रुपैयाँ हात पारिन् भने सेकेन्ड रनरअप सचिनले ट्रफी र ५ लाख रुपैयाँ प्राप्त गरे।

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार