बागमती प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गर्न सिफारिस



मकवानपुर । बागमती प्रदेशसभाको बर्खे अधिवेशन वैशाख ३१ गते आह्वान गरिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजेका लागि बर्खे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख यादव चन्द्र शर्माले संसद् अधिवेशन आह्वान गर्नेछन् । बजेट अधिवेशनको रूपमा रहेको सो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट संसद्मा पेस गर्ने तथा छलफल गरी पारित गर्नेछ ।

गत वैशाख १२ गते राती १२ बजे प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार