ललितपुर । ललितपुरमा मंगलबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका-५ लेले सौर भञ्ज्याङका २६ वर्षीय राजु सिङताङको करेन्ट लागेर मृत्यु भएको हो।
मर्निङ वाकमा गएका राजुले घर नजिकैको बाटोमा लत्रेको बिजुलीको तारमा टेक्दा करेन्ट लागेको थियो। करेन्ट लागेका उनको मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार





