काठमाडौं । वानएक्स बेटको प्रचार गरेको आरोपमा अर्का युट्युबरलाई पनि प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युट्युबर राजकुमार थापामगरलाई पक्राउ गरेको हो। उनी युट्युबमा राजकुमार थापामगरको नामबाट परिचित छन्।
काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय उनलाई प्रहरीले कपनबाट गत शुक्रबार पक्राउ गरेको हो।
उनले पनि वान एक्स बेटिङको प्रचार प्रसार गरेको आरोप छ। थापामगर युट्युबमा मोटो(ब्लगिङ गर्थे। यसअघि प्रहरीले आठ जना कलाकार एवं युट्युबरलाई पक्राउ गरेको थियो।
उनीहरूले वान एक्स बेट खेलाउन उक्साउने गर्थे। युट्युबमार्फत प्रोमो कोड प्रयोग गरी भारी छुट पाइने भन्दै बेटिङ खेलाउने काम गरेको आरोप उनीहरूमाथि छ।
प्रकाशित मिति : २०८० असार १० गते आइतवार





