बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई पक्राउ



काठमाडौं । शुभद्रा मदन फाउन्डेसनले खोटाङमा संचालन गरेको जनजागृति माविमा पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेका मदन राईलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई शुक्रबार फाउन्डेसनबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङले राईलाई पक्राउ गरिएको पुष्टि गरे ।

प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार