रास्वपाको केन्द्रीय समिति बैठक ५ घन्टा सर्‍यो



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक केही समय पछिका लागि सारेको छ। बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक बुधबार नै दिउँसो २ बजे बस्ने गरी सारिएको महामन्त्री डा. मुकुल ढकालले बताए।

‘केन्द्रीय सदस्यहरू उपत्यका बाहिर पनि रहेकोले केही समय बैठक सारिएको हो, अरू कुनै कारण छैन,’ उनले भने।

रास्वपाका सभापति रवि लामिछाने र अधिकांश केन्द्रीय सदस्यहरू उपनिर्वाचन प्रचारप्रसारका लागि तनहुँ, चितवन र बारामा भएकोले काठमाडौं आइपुग्न समय लाग्ने भएको हो।

केन्द्रीय समितिको बैठकका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने महामन्त्री ढकालले बताए।

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार