बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले पक्षमा ६७ मत प्राप्त गरेका छन् । जुन सदनमा उपस्थित सदस्य संख्याको बहुमत हो । उनको विपक्षमा १७ सांसद उपस्थितहुँदा ७ जना भने तटस्थ रहेका थिए । जम्कट्टेलको पक्षमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एस) र हाम्रो नेपाली दलले मत दिएका थिए ।
प्रकाशित मिति : २०७९ चैत्र १० गते शुक्रवार





