हेटौँडा । बागमती प्रदेशको प्रदेश सभाको दोस्रो कार्यकालका लागि प्रदेश सभामुखको निर्वाचन यही पुस २९ गते हेटौँडास्थित प्रदेश सभा हलमा हुने भएको छ ।
नेपालको संविधानले प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्रमा प्रदेश सभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेअनुसार प्रदेश सभा सचिवालयले यही पुस २८ गते प्रदेश सभामुखका लागि मनोनयन दर्ताको मिति तय गरेको छ ।
त्यसैगरी २९ गते निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार बिहान ११ बजेबाट निर्वाचन प्रक्रिया सुरु गर्ने गरी कार्यक्रम तालिका बनाइएको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ पुष २० गते बुधवार





