रोनाल्डोलाई पाखा लगाउँदै ह्याट्रिक गर्ने रामोस को हुन् ?



रोनाल्डोलाई पाखा लगाउँदै ह्याट्रिक गर्ने रामोस को हुन् ?

काठमाडौं । गत मङ्गलवार प्रि-क्वार्टरफाइनल खेलमा पोर्चुगलको टोली स्विट्जरल्याण्डलाई ६-१ गोल ​​अन्तरले पराजित गर्‍यो । खेलमा पोर्चुगलका २१ वर्षीय गोन्कालो रामोसले ह्याट्रिक गरे । योसँगै पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई झड्का लागेको छ भने रामोसको प्रशंसा हुन थालेको छ ।

फिफा विश्वकप २०२२ मा स्टार खेलाडी लियोनल मेस्सीको अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोको पोर्चुगल उपाधि जित्न आतुर छ । तर उपाधि खेल्नुअघि नै रोनाल्डोलाई ठूलो झट्का लाग्यो । टोलीका प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई प्रारम्भिक ११ मा नै रोजेनन् । उनको स्थानमा रामोसलाई मौका दिइएको छ ।

रामोस पहिलो पटक स्टार्टिङ-११ मा राखिएका थिए। त्यसको फाइदा उठाउँदै उनले तीन गोल गर्दै शानदार ह्याट्रिक गरे । सोही आधारमा पोर्चुगल टोली स्विट्जरल्याण्डलाई ६-१ गोल ​​अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुग्यो ।

रामोसले पोर्चुगलका लागि गत महिना मात्रै डेब्यु गरेका हुन् । साथै रोनाल्डोले २००३ मा डेब्यु गर्दा रामोसको उमेर दुई वर्ष मात्र थियो। खेल जितेपछि टोलीले खुसीयाली मनाइरहेको थियो । त्यसपछि रोनाल्डो मैदान बाहिर निस्के । रामोसले आफ्नो अन्तर्राष्ट्रिय करियरमा हालसम्म ६ गोल गरेका छन् । रामोस आफ्नो देशको प्रिमाइरा लिगामा बेन्फिका क्लबबाट खेल्छन्। रामोसले यस क्लबमा खेल्दै आफूलाई प्रमाणित गरेका छन् । रामोसले आफ्नो क्लबका लागि सिनियर स्तरमा हालसम्म ४५ खेलमा २० गोल गरिसकेका छन् ।

पोर्चुगल तेस्रो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । टोली यसअघि सन् १९६६ र २००६ मा पनि अन्तिम आठमा पुग्न सफल भएको थियो । अब पोर्चुगलले शनिबार क्वार्टरफाइनलमा मोरक्कोको सामना गर्नेछ । जसले प्रि-क्वार्टरफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० ले हराएको थियो।

प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार