१० करोड बराबरको राहतका सामान लिएर चिनियाँ जहाज पोखरा आउँदै



पोखरा । भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिने सहयोग सामग्री लिएर दुई वटा चिनियाँ सेनाको जहाज पोखरा आउने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सवा ९ बजे जहाज ल्यान्ड हुनेछ ।

यहाँबाट नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने छ । ‘ह्युमनेटिरियन फ्लाइट भनेको छ । साढे ९ बजे आउने कुरा भएको थियो,’ विमानस्थल प्रवक्ता जसोदा रेग्मीले भनिन्, ‘केही समय अगाडी हुने कुरा पनि छ ।’

उनले दुई वटा जहाज आउने पुष्टि गरिन् । जहाजमा सामान ल्याउने भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि पोखरा आउँदै छन् । चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्रीलाई हस्तान्तरण गर्ने बुझिएको छ ।

चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ । चीनको छेन्दुबाट जहाज उड्नेछ । यसअघि सिचुवान एयरलाइन्सको जहाज असारमा पोखरा आएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार