बागलुङ १ : स्वतन्त्र पार्टीका खिमानन्दको अग्रता, चित्रबहादुर केसी तेस्रो



बागलुङ । बागलुङमा ६०० मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ । अहिलेसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले अग्रता बनाएका हुन् ।

कँडेलले २५८ मत पाउँदा नेकपा (एमाले)का सूर्य पाठकले २४६ मत पाएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट चुनाव लडेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भने २४६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार