ललितपुरको दुई मतदान केन्द्रमा मतदान स्थगित



काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धि मावि र वडा कार्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

पहिले प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशको मतपत्र दिएपछि स्थगन गरिएको हो । अहिले सर्वपक्षीय बैठक बसिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार