
ललितपुर | बागमती गाउँपालिका वडा नम्बर २ माल्टाका वडाध्यक्ष विजय कुमार लाेले कान्तिलाेक पथ हुँदै घरफर्किने यात्रुहरूलाई सेनिटाइजर, खाजा र पानीको व्यवस्था गरेका छन । मकवानपुरका विभिन्न ठाउँ र तराईका विभिन्न जिल्लामा जानेहरु अहिले कान्ति लाेक पथ हुँदै पैदल हिड्ने गरेका छन । पैदल यात्रीकाे दुख देखेर आफुले खाजा र पानीको व्यवस्था गरेको वडाध्यक्ष लाेले बागमती अनलाइनलाई बताए । काठमाडौ उपत्यकामा विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको मजदुरहरु लकडाउन पछि पैदल हिँडेर गाउँ फर्किने गरेका छन । दैनिक सयौंको संख्यामा कान्ति लाेक पथ हुँदै बाहिरिने यात्रुहरूलाई वडाध्यक्षले खाजा र पानीको व्यवस्था गरेपछि केही राहत महसुस भएको पैदल यात्रीहरु बताउँछन् । उता वडाध्यक्ष लाे पनि आफुले चर्चाका लागि नभएर पैदल यात्रुको सेवाका लागि खाजा पानीकाे व्यवस्था गरेको बताउँछन ।