माल्टाका वडाध्यक्ष लाेकाे पहलमा ज्यालादारी गर्ने १०० परिवारलाई बाँडियाे राहत !



ललितपुर | बागमती गाउँपालिका वडा नम्बर २ स्थित साविक माल्टा गाविसकाे वडा नम्बर ४ मा आज राहत वितरण गरिएको छ । वडाध्यक्ष विजय कुमार लाेकाे पहलमा १०० घरधुरीलाई राहत वितरण गरिएको हाे । लकडाउन भएसँगै ज्यालादारी गरेर जिविकाे पार्जन गर्ने परिवारलाई राहत वितरण गरिएको वडा नम्बर २ का वडाध्यक्ष विजय कुमार लाेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक परिवारलाई १० किलाेका दरले राहत बाँडिएको हाे ।

१० केजीको प्याकेजमा चामल ३ किलो , दाल २ किलो ,१ केजी गेडागुडी , १ लिटर तेल, १ केजी नुन , १ प्याकेट बिस्कुट ,२ वटा नुहाउने साबुन र एक प्याकेट चियापत्ती रहेको वडाध्यक्ष लाेले बागमती अनलाइनलाई बताउनुभयो । राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष वीर बहादुर लाेप्चन, वडा नम्बर २का वडाध्यक्ष विजय कुमार लाे र वडा सदस्य रामबहादुर ब्लाेनकाे सहभागीता रहेको थियो । राहत एकीकृत सामुदायिक विकास संस्था (ICDO) काे सहयोगमा वितरण गरिएको हाे ।

प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार