काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता अन्तर्गत (बढुवा) माध्यमिक तह, प्रथम श्रेणी, र निम्न माध्यमिक तह, प्रथम श्रेणीको नतिजा सार्वजनिक गरेको छ ।
आयोगबाट प्रकाशित १२र७८र७९ र १०र७८र७९ विज्ञापन नं बाट लिखित परीक्षामा सहभागी भएका शिक्षकको नतिजा सार्वजनिक भएको हो ।
शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३८ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा नतिजा सार्वजनिक गरिएको जनाइएको छ।
अन्तर्वार्तामा सम्मिलित उम्मेदवारले आफ्नो नतिजा र प्राप्ताङ्क आयोगको वेवसाइटबाट हेर्न सकिने आयोगले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति : २०७९ असार २२ गते बुधवार





