सहुलियतपूर्ण कर्जा र ब्याज अनुदानका लागि रु १३ अर्ब ५९ करोड (बजेटको पूर्णपाठसहित)



काठमाडौं । सरकारले लघु, साना तथा मझौला उद्यम, कृषि सहकारी तथा फर्म र महिला उद्यम तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई प्रदान गर्दै आएको सहुलियतपूर्ण कर्जाको निरन्तरता पाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले पेस गरेका आगामी आर्थिक वर्षको बजेटमा सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान प्रदान गर्न रु १३ अर्ब ५९ करोड छुट्याइएको उल्लेख छ । बजेटमा विपन्न व्यक्ति, दलित तथा पिछडिएको क्षेत्रमा स्थायी बासिन्दाले पिछडिएको क्षेत्रमा सञ्चालन गर्न व्यवसायमा प्रदान गरिने सहुलियतपूर्ण कर्जाको ब्याजदरमा थप एक प्रतिशत विन्दुले छुट दिने मन्त्री शर्माले बताएका छन् ।

सरकारले वित्तीय क्षेत्रलाई राष्टिय पूँजी परिचालनको महत्वपूर्ण आधारका रूपमा लिँदै वित्तीय क्षेत्रलाई आधुनिक, गतिशील तथा विविधतायुक्त र समावेशी बनाउन आवश्यक कानूनी तथा संस्थागत सुधार गरिने बजेटमा उल्लेख छ ।

यस्तो छ आगामी बजेटको लक्ष्य र प्राथमिकता

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार